logo

सानिमा बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

    1272   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – सानिमा बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय समयभित्र आवेदन गरेका बोलपत्रदातालाई मात्र लिलामीमा सहभागि गराउने भएकाले लगानीकर्ताले आजसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सानिमा बैंकले हकप्रद निश्कासन गर्दा आबेदन नपरेको साधारण समुहतर्फको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलामी बिक्रीमा राखेको हो । बैंकको लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक सीबीआईएल क्यापिटलमा बाटुलेघर डिल्लीबजारमा आवेदन दिनुपर्ने हुन्छ ।

बैंकको लिलामीमा आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि वा सोभन्दा बढिका लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लिलामी आवेदन गर्दा १० कित्ताको गुणांकमा सेयर आवेदन गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि बोलकबोल गर्नेले सेयर प्राप्त गर्नेछ ।

सानिमा बैंकको लिलामी सेयरको बोलपत्रहरु असार २३ गते दिउँसो २ बजे सीबीआईएल क्यापिटलको कार्यालय बाटुलेघर डिल्लीबजारमा खोलिनेछ । सानिमाले चालु आवको तेस्रो त्रैमासमा ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३.९५ रुपैयाँ कायम गरेको छ । सानिमाको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता  ४१६ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।