logo

मंसिर २६ गतेसम्म बिक्री खुला हुनेगरि सिद्धार्थ बैंकद्वारा ४ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन

    865   पटक पढिएको

 २३ मंसिर/ अर्थ र व्यापार - सिद्धार्थ बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको छ । बैंकले २२ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डबाट २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो ।

बैंकले २० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

बैंकले पहिलो चरणमा मंसिर २६ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुस २३ गतेसम्म बिक्री खुला राख्ने क्यापिटलले जनाएको छ । ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार बैंकले ‘इक्रा एनपी एल ट्रपल वि प्लस’ प्राप्त गरेको छ । यस रेटिङले मध्यम कर्जा जोखिमको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । बैंकले यस अघि तीन पटक ऋणपत्र निष्काशन गरिसकेको छ । अहिलेको निष्काशनसहित बैंकले तीन अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ ।                                                                                         

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।