logo

नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मान

    1049   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले ६४औं बार्षिकोत्सबको अवशरमा पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ । राष्ट्र बैंकले पछिल्ला केही बर्षयता पूर्व गभर्नरहरुलाई वरिष्टताका आधारमा सम्मान गर्दै आएको छ ।

गभर्नर डा. चिरञ्जिबी नेपालले श्रेष्ठलाई सम्मानपत्र र दोसल्ला ओढाएका थिए। सम्मानपछि श्रेष्ठले उच्च आयातका कारण चिन्ता थपिएको बताएका थिए । उनले बैंकिङ प्रणालीले आयात प्रतिस्थापनका लागि पहल गर्नु पर्ने सुझाबसमेत दिए । श्रेष्ठ पाँच बर्ष गभर्नर भएका थिए। उनी गभर्नरबाट अवकाश हुने बित्तिकै नबिल बैंकको अध्यक्ष भएका थिए। राष्ट्र बैंकको गभर्नर भइसकेको मान्छे आफैले नियमन गर्ने निकायमा अध्यक्ष भएको भन्दै उनको आलोचनासमेत भएको थियो । उनीलगायतले यस्तो काम गरेका कारण गभर्नर कहिले पनि बैंकमा जान नपाउने कानुन नै बनाइएको छ ।

श्रेष्ठ बैंकको ऋण लिएर नतिरेपछि कालोसूचिमा पनि परेका थिए। उनलाई एनबी बैंकले कालोसूचिमा राखेको थियो । उनलाई कालोसूचीमा सीफारिस गर्ने ज्ञानेन्द्र ढुङ्गाना पनि उनीसँगै मञ्चमा थिए । कर्मचारीको सेवा सुविधा बढाएको भनेर उनलाई राष्ट्र बैंकका कर्मचारीले भने सँधै सम्झिने गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।