logo

रिलायन्स फाइनान्सकोे जेठ २७ गते नवौं वार्षिक साधारणसभा आह्वान

    934   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार- रिलायन्स फाइनान्सकोे नवौं वार्षिक साधारणसभा जेठ २७ गते आह्वान गरिएको छ । संस्थाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयरपछि संस्थाको चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँ पुग्नेछ । संस्थाले बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको २.५० प्रतिशत नगद लाभांस दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । संस्थाले पूँजी जुटाउने क्रममा ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद पछि संस्थाको शेयर पूँजी ७४ करोड ३२ लाख रुपैयाँ कायम भएको थियो । 

विगमर्जरको बहस सुरु भएसँगै संस्थाले कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा विलय हुने उपयुक्त अवसर आएमा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अगाडि सारिएको छ ।
साधारणसभा प्रयोजनको लागि संस्थाले जेठ १३ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १२ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।