logo

प्रभु लाइफको सेयर बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता सेयर

    1209   पटक पढिएको

१० पुस/अर्थ र व्यापार– प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार गरेको बाँडफाँटमा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् । भने ५ लाख ११ हजार २ सय १६ जना आवेदकको हात खाली रह्यो ।

कुल आवेदन मध्ये २ हजार १ सय ६९ आवेदन रद्द भएको छ । सदर भएका आवेदनमध्ये  १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । सो मध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३–३ लाख र ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएसँगै प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।