logo

पोखरा फाइनान्सले बढाएर प्रस्ताव गर्यो लाभांश

    831   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार -  पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको ४७१ औं बैठकले लाभांश प्रस्ताव गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा फाइनान्सले ५ प्रतिशत बोनस शेयर र ८.६८ प्रतिशत नगद गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।

फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको बोनस र ७.२० प्रतिशत अर्थात ६ करोड १७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पनि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख २८ करोड रुपैयाँ पुग्नेछ । 
गत आवको चौथौं त्रैमाससम्ममा फाइनान्सले १० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।