logo
Tuesday, 17 June 2025, 6:38:30 am

एनआईसी एसिया बैंकद्वारा टोखा नगरपालिकामा नयाँ शाखा बिस्तार

    1409   पटक पढिएको

७ जेठ /अर्थ र व्यापार  - एनआईसी एसिया बैकले टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी २८३ औं शाखा खोलेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन । एन आई सि एसियाका उप प्रादेशिक प्रमुख तेजराज तिमल्सिना, वडा नं ६ का वडा अध्यक्ष रामेश्वर केसी, वडा न ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, बैकका शाखा प्रवन्धक सुशोवन थापा, बिन्दबासिनी स्कुलका प्रमुख बेखा नारायण डंगोल, लक्ष्मीपुर विद्यालयका प्रमुख हरि श्रेष्ठ, समाजसेबी सारदा अधिकारी, अधिवक्ता विनोद निरौला, महिला उद्यमी लक्ष्मी शर्मा,  लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उपस्थितिले  टोखा नगपालिका आसपास रहेका सम्पूर्ण उद्योगी व्यवसायी संघ संस्था तथा सर्वसाधारणलाई बैकिङ  कारोवार गर्न सजिलो हुने धारणा व्यक्त गरे । एन आई सि एसिया बैकले ग्राहकको सुबिधाको लागि ए.टि.एम सहितको शाखा खोलेको हो । उक्त बैंकले मुलुकभर २८३ शाखा कार्यलय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउन्टरका साथै २६ वटा शाखा रहित बैकिङ इकाई मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।