logo

उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रस्ताव सहित नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा साधारण सभा आयोजना गर्ने

    1021   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) पनि मर्जर तथा प्राप्तीमा जान इच्छुक देखिएको छ । निजी बैंकहरुमध्ये धेरै चुक्ता पूँजी रहेको बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीको बाटो खुला गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ ।

बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपसमा गाभिने प्रयोजनका लागि संस्था छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका आवश्यक सम्पूर्ण प्रकृयाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो ।

साथै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ । बैंकले पुस २९ गते आह्वान गरेको ३२ औं वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे सभा बोलाएको छ ।

बैंकको ३२ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश प्रस्तावलाई अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ । चालू आर्थिक वर्षको तीन महिना अवधिमा एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार बैंकको खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ छ । जुन गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी बार्षिक ३९ रुपैयाँ ६३ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।