logo

नेपाल इन्फ्रास्ट्रक्चरले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

    894   पटक पढिएको

३ मंसिर / अर्थ र व्थापार -  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा डाकेको छ।

बैंकको साधारण सभा मंसिर २९ गर्ते याडिसन होटलमा बेलुका ४ बजेदेखि सुरु हुनेछ। सो सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित चुक्ता पूँजी वृद्धि गरी २० अर्ब र्पुयाउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोष ९७ करोड ४८ लाख रहेको छ। बैंकले सो अवधिसम्ममा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ।

बैंकले कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।