logo

इन्फ्रास्ट्रक्चर बैंकले पायो हालसम्मकै ठूलो ८ करोड कित्ता आइपिओ निश्कासन अनुमति

    1482   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागिे अनुमति पाएको छ ।

बैंकले ८ करोड कित्ता सेयरको अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्नका लागी धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

धितोपत्र बोर्डले अनुमति दिइसकेकाले अबको दुई महिनाभित्र कम्पनीले आइपिओ निश्कासन गर्नेछ । बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणामको हो ।

इन्फ्रास्ट्रक्चर बैंक विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो । आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ । कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले स्रोत संकलन गर्दा कम्तीमा ५ वर्षका लागि हुनेगरी व्यक्तिगततर्फबाट न्यूनतम १ करोड रुपैयाँ र संस्थागत तर्फबाट न्यूनतम ५ करोड रुपैयाँ निक्षेपका रुपमा स्वीकार गर्दछ ।

आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।