logo

आठ अर्ब पुग्यो नेपाल बैंकको पुँजी

    1502   पटक पढिएको

२३ असार / अर्थ र व्यापार –  चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लिमिटेड दोस्रो बन्न सफल भएको छ ।

नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको सो बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड पुगेकोे छ ।

पुरानो कर्जा असुली, सम्पत्ति बिक्री लगायतबाट नियामक निकायद्वारा निर्र्धा्रित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पु¥याउन बैंक सफल भएको हो । बैंकमा सरकारको ६२.५५ प्रतिशत स्वामित्व छ । हाल देशका १३१ शाखा मार्फत सेवा पु¥याइरहेको बैकले आगामी आवमा प्रथम चरणमा आफ्ना २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।