logo

हावाहुरी प्रभावितलाई नेशनल माइक्रोफाइनान्सद्धारा राहत वितरण

    1013   पटक पढिएको

२५ चैत्र /अर्थ र व्यापार - विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मोतिसरले राहत वितरण गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १८ मोतिसर स्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मोतिसरमा आवद्ध रहेका ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम गरेको हो  ।

कार्यक्रममा प्रमुख अतिथी संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र सभापतिमा वडा नं १८ का वडाध्यक्ष अम्बिका प्रसाद यादव, अतिथीहरुमा समाजसेवी, विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढको शाखा प्रमुख जय प्रकाश मंडल, शाखा कार्यालय पोखरीयाको शाखा प्रमुख अजयशंकर साह, पत्राकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावकहरु गरि करीब ४०० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कुल १८० जना ग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १ प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।