logo
Sunday, 8 June 2025, 12:43:12 pm

८० प्रतिशत लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बोनसपछि हकप्रद पनि

    924   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार -  नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ ।

सो सभाले सञ्चालक समितिले निर्णय गरेको ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सो सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर १५ गतेसम्म कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।