logo
Sunday, 15 June 2025, 10:56:15 am

नबिल बैंकद्वारा ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा

    1149   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - नबिल बैंकद्वारा महिलाले चलाएको लघुउद्यमलाई १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने भएको छ । बैंकले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी उक्त स्किम ल्याएको हो । बैंकले महिलाकै लागि डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको छ । यसको ब्याज ९.९९ प्रतिशत छ । ब्याज दर एक बर्षसम्म नबढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।

बैंकले महिलाकै लागि उच्चतम ब्याज दरसहितको बचत खाता पनि ल्याएको छ । बैंकले ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । नबिल प्रिमियम बचत खातामा ४.७५ प्रतिशत ब्याजका साथै विभिन्न सेवाहरुमा छुट पनि घोषणा गरिएको छ । बचत खाता खोल्नेले कार्ड, डिमान्ड ड्राफ्टरस्फिट ट्रान्सफर र लकर सुविधा उपलब्ध गराउने छ । डेढ करोड रुपैयाँसम्म ऋण उपलब्ध हुने नबिल नारी कर्जा पाउनका लागि महिनाहरुको स्वामित्वमा स्थापित संस्था हुनु पर्छ । संयुक्त लगानीको फर्क भए कम्तिमा ५० प्रतिशत स्वामित्व महिलाको हुनु पर्छ । कम्पनी भए ५१ प्रतिशत शेयर हुनु पर्छ ।

यो ऋण लिनेले ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्डका साथै एसएमएस सुविधा निशुल्क पाउने छ । यो कर्जा कागजपत्र बुझाएको पाँच दिनभित्र पाइने नपाइने जानकारी ग्राहकले पाउने शाहले जानकारी दिए  यो ऋणमा धितो अनिवार्य छैन । ब्यवसायको संभाब्यता हेरेर बैंकले धितो चाहिने नचाहिने टुङ्गो गर्ने छ । बैंकले नबिल नारी मार्फत ल्याएका तीन बटा ’प्रडक्ट’ को प्रबर्द्धन गर्न नायिका प्रियङ्का कार्कीलाई ‘नबिल नारी’ नियुक्त गरेको छ । उनले यस अभियानमा पाउने पारिश्रमिक आफ्नो फाउन्डेसन ‘आयन्का फाउन्डेसन’ लाई दिएर सामाजिक कार्यमा खर्च गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।