logo
Monday, 16 June 2025, 8:02:29 pm

मुक्तिनाथ विकास बैंकको साउन २० गते बुक क्लोज

    1051   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले हकप्रद निष्काशनका लागि केही समय अघि धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । बैंकले हकप्रद निष्काशनको मिति भने तोकेको छैन ।

बैंकले साउन २० गते हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहनेले साउन १९ गते बिहीबारसम्म सेयर खरिद गर्नु पर्ने हुन्छ । बैंकले हाल कायम पूँजीको ४० प्रतिशतले हुने ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । अघिल्ले आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण गरी ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।