logo

महालक्ष्मी विकास बैंकको घर कर्जा स्किमस् ब्याज ११.९९ प्रतिशत, २५ बर्षसम्म ब्याज दर नबढ्ने

    1350   पटक पढिएको

७ पुस / अर्थ र व्यापार -  महालक्ष्मी विकास बैंकले घर ऋणको स्किम ल्याएको छ। बैंकले  खरिद तथा निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा योजना ल्याएको हो। 

स्किमअन्तर्गत निर्माण लागतको अधिकतम ९० प्रतिशतसम्म ऋण पाइने छ। घर खरिदमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ। 

कर्जाको अवधि अधिकतम २५ वर्षसम्मको हुने छ। बैंकले ब्याज ११.९९ प्रतिशत कायम गरेको छ। कर्जा शुल्कमा विशेष छुट दिने घोषणा भने गरेको छ। 

घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बिमाजस्ता सुविधाहरु बैंकले प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यो योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धा्रित व्याजदर कर्जा अवधिभर यथावत् रहन सक्ने विज्ञप्तिमा उल्लेख छ। यो विकल्प भने ऋणीले छान्न पाउने छन्।

ऋण सुविधा बैंकका १०२ वटै शाखाहरुबाट उपलब्ध हुने छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।