logo
Wednesday, 11 June 2025, 5:39:54 am

माछापुच्छ्रे र सिटिजन्स बैंकको व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार 

    1103   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले नौं महिनामा ४२.१५ प्रतिशतले बढाएर एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरि सिटिजन्स बैंकको पनि ३५ प्रतिशतले सुधार गरेर नाफा एक अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले व्याज खर्चको तुलनामा व्याज आम्दानी सुधार गर्दा खुद व्याज आम्दानी समेत ४१.०१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले खुद व्याज आम्दानी दुई अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको हो । बैंक निक्षेप संकलनभन्दा कर्जा विस्तारमा आक्रामक देखिएको छ । बैंकले निक्षेप संकलन १८ प्रतिशतले सुधार गर्दा कर्जा विस्तार भने २२.९६ प्रतिशतले गरेको छ । 

बैंकले चैत्र मसान्तसम्ममा ८१ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ । कर्जा विस्तारसँगै बैंकको पूँजी कोष अनुपात ३.०९ प्रतिशत विन्दुले घटेर १२.६३ प्रतिशत कायम भएको छ । खराव कर्जा भने ०.१३ प्रतिशत विन्दुले बढेर ०.४८ प्रतिशत पुगेको छ । नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर २० रुपैयाँ कायम भएको छ । गत वर्ष जम्मा १४ रुपैयाँ मात्रै थियो । आधार व्याजदर पनि ०.५८ प्रतिशतले घटेर १०.५२ प्रतिशतमा झरेको छ । 

३५ प्रतिशतले नाफा बढाएको सिटिजन्सले व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार गरेर खुद व्याज आम्दानी ३६.९८ प्रतिशतले बढाएको हो । चैत्रसम्ममा खुद व्याज आम्दानी दुई अर्ब ८ करोड रुपैयाँ आर्जन भएको छ । सिटिजन्सको पनि निक्षेप संकलनभन्दा कर्जा विस्तारको अनुपात धेरै रहेको छ । बैंकको निक्षेप संकलन १८ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार भने २२ प्रतिशतले बढेको छ । ९ महिनाको अवधिमा बैंकले ६५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

कर्जा विस्तारसँगै पूँजी कोष अनुपात २.१४ प्रतिशतले खुम्चिएको छ । खराव कर्जा थप ०.१२ प्रतिशतले बढेर १.५८ प्रतिशत पुगेको छ । आधार व्याजदर ०.५७ प्रतिशत विन्दुले घटेर १०.५८ प्रति कायम भएको छ । नाफामा सुधार आएसँगै चुक्ता पूँजी बृद्धिपछि बैंकको प्रति शेयर आम्दानी ३.९८ रुपैयाँले बढेर १७ रुपैयाँ पुगेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।