logo

कामना सेवा विकास बैंकद्वारा चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांस दिने घोषणा

    1396   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - कामना सेवा विकास बैंकद्वारा चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १.५ प्रतिशत अर्थात तीन करोड ७५ लाख रुपैयाँको बोनस शेयर र ८ प्रतिशत अर्थात २० करोड दुई लाख रुपैयाँ नगद लाभांस दिने भएको हो ।

बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६.५ प्रतिशत नगद लाभांस र ५.५ बोनस शेयर दिएको थियो । कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैंक भएको थियो । बैंकले घोषणा गरेको लाभांसको अन्तिम स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।  

गत आर्थिक वर्षमा बैंकले ३४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । प्रति शेयर आम्दानी १३ रुपैयाँ रहेको बैंकले लाभांस ९.५ प्रतिशत दिएको छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।