logo

ज्योति विकास बैंकको थप ३ शाखा स्थापना

    2071   पटक पढिएको

१८ जेठ/ अर्थ र व्यापार- ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङको घोराहीमा गरी एकै दिन ३ नयां शाखाहरु स्थापना गरेको छ । ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । 
त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । त्यसैगरी ३२ औं शाखा दाङको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङका अध्यक्ष हेमराज बन्जाडे र बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे ।
बैंकको यि तीन शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम पुगेको छ । छिट्टै थप शाखाहरु मार्फत आफ्नो सञ्जाल देशव्यापी बनाउने लक्ष्य बैंकले लिएको छ । बैंकको हालको चुक्ता पुंजी रु.१ अर्ब १० करोड ४३ लाख रहेको छ भने १ः१ को हकप्रद शेयर जारी गरिरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी गत साउन २८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ । त्यस्तै, राप्ती भेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुंजी रु २ अर्ब ५० करोड सहजै पु¥याउने योजनामा अघि बढिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।