logo
Saturday, 14 June 2025, 8:45:12 am

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

    868   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ नामक ऋणपत्र किन्नेले १०.५० प्रतिशत ब्याजदर पाउने छन् । ब्याजदर ६÷६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्र यही २४ गतेबाट निष्काशन हुनेछ । ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिइसकेको छ । सो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैंक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितोस्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो । र, यसअघि पनि ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७’ लगायत अन्य निष्काशनहरु पनि गरेको थियो । बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाखकित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ । र, सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्टमार्फत् अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन् । ७ बर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सातवटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, १ सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।