logo

साना बैंकले ब्याज बढाएर ठूलाको निक्षेप खोस्दिन थालेपछि ब्याज दरमा प्रतिस्पर्धा फेरि सुरु

    1051   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार - साना बैंकहरुले निक्षेप खोस्न थालेपछि ठुला ३ बैंक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । हिमालयन र नबिल बैंकले निक्षेपको ब्याज एकै पटक ३ प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याइसकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आज निर्णय गरेर भोलीबाट बढाउन तयारी गरेको स्रोतले बतायो । प्रकाशित ब्याज १३ प्रतिशत पुग्नुको अर्थ बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिन पाउनु हो । बैंकर्स संघले तीन साताअघि पुरानो सहमति खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज तोक्न बैंकहरुलाई खुला गरिदिएपछि साना बैंकहरुले प्रतिस्पर्धा सुरु गरेका थिए । 

बैंकले १२ प्रतिशत ब्याज दिने सुचना निकालेपछि माछापुच्छ्रे र कुमारी बैंकले ब्याज बढाएका थिए । त्यसपछि संघको साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज बढाउनु गलत भएको बताएका थिए । भोलीपल्टै सेञ्चुरी, सिभिल र मेगा बैंकले ऋणको ब्याज बढाएका थिए । नबिल र हिमालयनसहित १३ वटा बैंकले मंगलबारसम्म निक्षेपको ब्याज बढाएका छन् । साना बैंकले ब्याज बढाएर ठूलाको निक्षेप खोस्दिन थालेपछि ब्याज दरमा प्रतिस्पर्धा फेरि सुरु भएको हो ।

नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको निक्षेप तुलना ठूला बैंकले पनि निक्षेपको ब्याज बढाउन थालेपछि राष्ट्र बैंकले पनि चासो राखेको छ । राष्ट्र बैंकका अधिकारीहरुले सरकारी कार्यदलको प्रतिवेदन कार्यान्वयनसम्म कुर्न बैंकका प्रमुखहरुलाई सुझाब दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।