logo

कोभिडबाट विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमईपेको सहयोग

    1465   पटक पढिएको

३ पुस/अर्थ र व्यापार– आइएमईपेले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका ७९ परिवारलाई आइएमई भरोशा कोषबाट प्रति परिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

आइएमई समूहले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई सहयोग गर्ने उद्देश्यले आइएमई ‘भरोसा कोषको’ स्थापना गरेको हो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

ढकालले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए ।

यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै आइएमई भरोसा कोषले पीडित परिवारहरुलाई केही हदसम्म सहयोग पुग्ने बताए ।

कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला उपस्थित थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।