logo
Sunday, 15 June 2025, 1:57:30 am

ग्लोबल आइएमई बैंकको गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढ्यो

    830   पटक पढिएको

११ माघ/ अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो । बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ । 

बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बृद्धि गर्दा खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ । खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । पुससम्ममा १२ प्रतिशतले निक्षेप बढाएर एक खर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ भने ऋण लगानी १८.८५ प्रतिशतले विस्तार गर्दा एक खर्ब २ अर्ब पुर्याएको छ । ऋण विस्तारमा आक्रामक देखिएको बैंकको पूँजी कोष अनुपात ०.१३ प्रतिशत विन्दुले घटेर ११.३० प्रतिशतमा ओर्लेको छ।  

खराव कर्जामा उल्लेख्य सुधार गरेको बैंकले पुससम्ममा ०.८६ प्रतिशत विन्दुले घटेर ०.७५ प्रतिशतमा झारेको छ । आधार व्याजदर ०.२२ प्रतिशत विन्दुले घटेर १०.०९ प्रतिशत कामय गरेको छ। प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।