logo

नेपाल पुनर्बिमा कम्पनीमा चार जना सर्ट्लिस्ट, पौडेल र भण्डारीको दौडधुप

    981   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि चारजना ’सर्ट्लिस्ट’ भएका छन्।  प्रमुख कार्यकारी अधिकृत सिफारिश उपसमितिले आवेदन दिएका ६ मध्येबाट चार जनाको नाम अन्तिम सूचीमा राखेको हो। सर्ट्लिस्ट परेकामा अशोककुमार पौडेल, चिरायु भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छन्। 

पौडेल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश पाएका हुन् भने भण्डारी कम्पनीकै निवर्तमान प्रमुख कार्यकारी हुन् । रायमाझी राष्ट्रिय वाणिज्य बैंकका र आचार्य कृषि विकास बैंकका पूर्वकर्मचारी हुन्। अर्थमन्त्रालय स्रोतका अनुसार पौडेल र भण्डारीबीच चर्को प्रतिस्पर्धा छ। पौडेल र भण्डारी दुवैले प्रधानमन्त्री तहसम्म आफ्ना लागि लबिङ गरिरहेका छन्। 

अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकमा गभर्नर हुँदा पौडेलले संचालक समितिका सचिवको रूपमा काम गरेका हुन् । त्यसैले पौडेललाई अर्थमन्त्रीले ल्याउन चाहेका छन्। तर केही पूर्वएमाले भने भण्डारीकै पक्षमा उच्च तहसम्म लबिङ गरिरहेका छन्। 

स्रोतका अनुसार उनीहरुले भण्डारीलाई नै कार्यकाल थप्न दबाब दिएका थिए। तर खतिवडाकै कारण भण्डारीको कार्यकाल थपिएन।  भण्डारी पूर्वअर्थमन्त्री डा. रामशरण महतका पालामा नियुक्त भएका हुन् । स्रोतका अनुसार अहिले केही समूहले महतका पालामा नियुक्त गरेपनि भण्डारी नेकपाप्रति नजिक रहेको भन्दै लबिङ गरिरहेका छन्। 

‘महतका पालामा नियुक्ति भएपनि उहाँ हाम्रै दललाई समर्थन गर्नुहुन्छ। बीमाका बारेमा समेत बुझ्ने र दललाई पनि फाइदा हुने भएकाले भण्डारीलाई ल्याउँदा उपयुक्त हुन्छ,’ राजनीतिक शक्ति केन्द्रमा भण्डारीका पक्षमा लबिङ गर्दै एक नेताले भनेका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।