logo

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घट्यो 

    1123   पटक पढिएको

२७ कात्तिक /  अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
वाणिज्य बैंकहरु यसअघि राम्रो लाभांश वितरण गर्दै आएको बैंकको गत आर्थिक वर्षमा मुनाफा र वितरणयोग्य नाफा ह्वात्तै घटेसँग सञ्चालक समितिले लाभांशदर समेत २१ प्रतिशतले घटाएर प्रस्ताव गरेको हो।

गत आर्थिक वर्षमा बैंकको मुनाफा साढे ६ प्रतिशतले घटेर तीन अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको थियो भने बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ३९ करोड मात्र रहेको थियो। बैंकको निस्क्रिय कर्जा अनुपातमा धेरै बढोत्तरी भएकाले कमाएको नाफा कर्जा जोखिम ब्यवस्थापन कोषमा राख्नुपर्दा खुद नाफाकामा असर परेको हो।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत आवको मुनाफा र सञ्चित जगेडा कोषबाट दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।