logo
Sunday, 8 June 2025, 6:10:04 pm

नेप्सेमा देव विकास बैंकको बोनसपछिको शेयरमूल्य समायोजन

    875   पटक पढिएको

८ असार / अर्थ र व्यापार - नेप्सेमा देव विकाश बैंक शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोजसँगै आइतबार शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनस पश्चात १३८ रुपैयाँ ३९ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । समायोजित शेयरमूल्यलाई आधार मानेर बैंकको आइतबार बैंकको शेयर कारोबार खुलेको छ । 

समायोजित शेयरमूल्यपछि बैंकको शेयर तीन रुपैयाँले बढेको छ । बैंकको गत १ सय ८० दिनको कारोबार अनुसार उसको औसत आधारमूल्य १५६ रुपैयाँ ५४ पैसा कायम भएको छ । बैंकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार ६ गते शेयरधनीदर्ता किताबबन्द गरेको थियो। बुकक्लोजसँगै आइतबार कम्पनीको शेयरमुल्य समायोजन भएको हो ।देवः विकास बैंकले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश र वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार बाह्रों वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।