logo

सिभिल बैंकद्वारा २ नयाँ शाखा बिस्तार

    1012   पटक पढिएको

२ असार / अर्थ र व्यापार - सिभिल बैंकले वीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन् छुट्टाछुट्टै कार्यक्रमहरूकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमशः सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे । 

सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरू पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, वीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतपत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । यस्तै, लम्की शाखाको उद्घाटनमा प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले सम्पुर्ण जनसमुदाय सिभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वित हुने कुरामाआफु विश्वस्त रहेको बताए ।

 


 

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।