logo

एकदिन अगाडि सेन्ट्रल फाईनान्सले स्थगित गरे विशेष साधारणसभा

    1744   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-विशेष साधारणसभा बोलाएको सेन्ट्रल फाईनान्सले पचास प्रतिशत हकप्रद जारी गर्दा पनि एकदिन अगाडि साधारणसभा स्थगित गरेको छ । कम्पनीले यही जेठ १९ गते शुक्रबारका लागि विशेष साधारणसभा बोलाएको थियो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले जेठ १९ गते विहीबार बोलाइएको विशेष साधारणसभा स्थगित गरेर असार २ गते शुक्रबार गर्ने निर्णय गरेको हो । 

कम्पनीको आन्तरिक तयारी नपुगेकाले विशेष साधारणसभा सारीएको हो । साधारणसभाको मिति सारीएपनि कम्पनीले प्रस्ताव गरेका कुनैपनि एजेण्डा परिवर्तन नगरिएको छ । कम्पनीले ५० प्रतिशत हकप्रदको साथै एक वा एकभन्दा बढी संस्थासँग मर्ज वा प्राप्ती गर्ने लगायतका प्रस्ताव राखेर विशेष साधारणसभा बोलाएको थियो ।

यसअघि सेन्ट्रल फाईनान्स भक्तपूर फाईनान्ससँग एक आपसमा मर्ज भएको थियो । मर्ज पश्चात फाइनान्सको चूक्ता पुँजी ५२ करोड  रुपैंया पुगेको छ । कम्पनीलाई आगामी असार मसान्तसम्ममा चुक्ता पूँजी ८० करोड रुपैंयाँ पुर्याउनु पर्नेे बाध्यता छ । नेपाल धितोपत्र बोर्डले हालै लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ मा संगठित संस्थाले साधारणसभाबाट हकप्रद शेयर निष्काशनको निर्णय गरेमा सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।