logo

लमजुङमा भूकम्पपीडितको रकम बैंकले काटेको खुलासा

    1644   पटक पढिएको

२१ असार / अर्थ र व्यापार –  लमजुङ जिल्लामा भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार रु ५०० लिएको खुलेको छ । रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै रु ५०० लिएको हो ।

भूकम्पपीडितका लागि आएको अनुदान रकमबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने छ । भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र बैङ्कर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो । सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ । बैंकले एक रुपैयाँ प।िन लिन पाउँदैन ।

रकम वितरणसम्बन्धी स्पष्ट निर्र्दे्शिका नआएकाले बैंकको नियमअनुसार रकम वितरण गरेको हो । जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम रु ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकाय अनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ । 

पहिलो किस्ता रकम रु ५० हजार घर निर्माणको आवश्यकताअनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।