logo

एकैपटक आशा लघुवित्तको १३ वटा शाखा सुरु

    2385   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार-एकैदिनमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा, र हेम्जा–कास्की स्थापना गरिएको शाखा कार्यालयहरु रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, र संस्थाका महिला सदस्यहरु सो कार्यक्रमहरुमा उपस्थित रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुयाउँदैआएको छ ।

लघुवित्तीय सेवाको माध्यमबाट देशमा रहेको गरिबीलाई आय वृद्धिमुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउन र सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर वृद्धि गर्नको लागी यो संस्थाले शाखा विस्तार गरेको उल्लेख गरेको छ ।

अहिले संस्थाको ७ हजार २ सय ७२ सदस्य, कर्जा लगानी ३० करोड ३९ लाख ४४ हजार रहेको छ । संस्थाको कुल शाखा २८ वटा पुगेको छ । साथै, संस्थाको पाल्पा, धादिङ्ग, झापा, मोरङ्ग, सुनसरी, ईलाम, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना पनि रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।