logo
Saturday, 7 June 2025, 2:09:31 pm

अरुणभ्याली हाइड्रोले दोस्रो त्रैमासमा ६ करोड ८० लाख खुद नाफा कमायो 

    1511   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको मंगलवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको छ।

कम्पनीले गत बर्षको यसै अवधिसम्ममा ३ करोड ३६ लाख ८२ हजार नाफा आर्जन गरेको थियो ।
कम्पनीले यस वर्ष विद्युत विक्रीबाट गत वर्षभन्दा कम आम्दानी गरेको छ । तर सञ्चालन नाफा बढेसंगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको हो ।

गत वर्ष रू. ४ करोड ७ लाख ६ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ४ लाख ३३ हजार मात्र यो आम्दानी गरेको छ ।

अन्य शीर्षकबाट गत वर्ष रू. १ करोड ९३ लाख ८७ हजार आम्दानी गरेको यो कम्पनीले यस वर्ष रू. ६ करोड ५३ लाख ९ हजार आम्दानी गरेको छ ।

गत वर्ष रू. ५ करोड ४ लाख ३३ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ७९ लाख ४१ हजार गरेको छ ।

७ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९९ करोड ८३ लाख २३ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३०.४२ प्रतिशतले बढेर रू. १४ करोड ४३ लाख ६५ हजार पुगेको छ ।

गत वर्षसम्म कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ३० लाख १२ हजार र जगेडा कोष रकम रू. ११ करोड ६ लाख ९१ हजार थियो । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. १३.७७ र प्रतिशेयर नेटवर्थ रू. ११४.४६ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।