logo

कृषि विकास बैंकद्वारा बौद्धिक तथा बहुअपांग अभिभावक संघलाई सहयोग सामग्री हस्तान्तरण

    1196   पटक पढिएको

२५ असार / अर्थ र व्यापार - कृषि विकास बैंक शाखा कार्यालय कीर्तिपरले बौद्धिक तथा बहुअपांग अभिभावक संघलाई १ लाख १० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रमअन्र्तगत कृषि विकास बैंक शाखा कार्यालय कीर्तिपरबाट आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिका मेयर रमेशकुमार महर्जन र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा बौद्धिक तथा बहुअपांग अभिभावक संघलाई संयुक्त रूपमा १ लाख १० हजार रुपैयाँ बराबरको सामग्री संघ अध्यक्ष लक्ष्मी काफ्लेलाई हस्तान्तरण गरिएको छ । 

स्थानीय नागरिकहरू र अपांग बच्चाहरूको उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मेयर रमेशकुमार महर्जनले अपांग बच्चाहरूको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंकलाई हार्दिक धन्वाद तथा बैंकको उच्च(उच्च प्रगतिका लागि शुभकामना व्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले अशक्त(असाहय बच्चाहरूलाई सहयोग गर्ने मौका दिएकोमा उक्त संघलाई धन्यवाद दिँदै यस प्रकृतिका लोक कल्याणकारी कार्यमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।