logo

सिटिजन्स बैंकले नारायणहिटी पथ र कमलादीमा संचालनमा ल्यायो इभी चार्जिङ स्टेसन

    73   पटक पढिएको



१ साउन/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउन काठमाडौं उपत्यकाका दुई प्रमुख स्थानहरूमा इभी चार्जिङ स्टेसनहरू संचालनमा ल्याएको जनाएको छ । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ ।
बैंकमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेसनहरूको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पु¥याउने उद्देश्यले इभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको बताए ।
उनले आगामी दिनमा सातै प्रदेशका आफ्नै भवनको प्राङ्गणमा चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिए । सो चार्जिङ स्टेसनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ ।
वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि सातै प्रदेशमा १८सय भन्दा बढी बिरुवा रोपिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।