१५ असार/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
ग्राहकले ‘महालक्ष्मी स्मार्ट साथी’ एपमा महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्ने सो बैंकले जनाएको छ ।
बैंकका अनुसार भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्ड आवश्यक नपर्ने भएकाले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुने सो बैंकले जनाएको छ ।
‘सेवाको थालनीसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५ सय रुपैयाँसम्मको विशेष क्यासब्याकको अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुनेछ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ ।
महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ ।
तपाईको प्रतिक्रिया