२२ जेठ/अर्थ र व्यापार – विश्व वातावरण दिवसको अवसरमा बिहीबार झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकको शाखाले वृक्षरोपण कार्यक्रम गरेको छ ।
कार्यक्रम डिभिजन वन कार्यालय भद्रपुरको प्राविधिक सहयोग र प्रगति सामुदायिक वनसँगको सहकार्यमा आयोजना गरिएको हो । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गरेकी हुन् । त्यस अवसरमा उप्रेतीले वायु प्रदूषण बढ्दै गइरहेको भन्दै वातावरणलाई स्वच्छ राख्न वृक्षरोपण कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताइन् ।
कार्यक्रममा करिब दुई हजार वटा बोटबिरुवा रोपिएको थियो । स्थानीय बासिन्दा, ग्लोबल आइएमई बैंकका विभिन्न शाखाका पदाधिकारी, र सामुदायिक वनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको सो कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया