२१ जेठ/अर्थ र व्यापार – सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको पानीपोखरीस्थित लाइफ क्वेस्ट क्लिनिकल ल्याब प्रालिमा छुट पाउने भएका छन् । बैंकले ल्याबसँग छुट दिने समझदारी गरेको जनाएको छ ।
समझदारीअनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले लाइफ क्वेस्ट क्लिनिकल ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास सो बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जानकारी दिएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया