logo
Thursday, 12 June 2025, 11:09:53 am

बैंकको ब्याजदर घट्दा निक्षेप पनि घट्यो,कर्जा प्रवाहमा असर

    469   पटक पढिएको


१२ वैशाख/अर्थ र व्यापार– बैंकको ब्याजदर घट्दा अल्पकालमा नकारात्मक नतिजा आएको छ । नेपाल बैंकर्स संघले चैतर्फी दबाबपछि वैशाखदेखि लागू हुनेगरी निक्षेपमा ब्याजदर घटाएपछि अहिले कर्जा प्रवाहसँगै निक्षेप पनि घटेको छ ।
वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतबाट घटाएर ९.९९ प्रतिशत कायम गरिएको छ । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारिएको छ ।
बैंकर्स संघले कल डिपोजिटको ब्याजदर पनि २.७ प्रतिशतमा झारेको छ । घटेको ब्याजदर नयाँ ऋणीले तत्काल पाउँछन् भने पुराना ऋणीको हकमा साउनमा पुनरवलोकन हुनेछ ।
निक्षेपमा ब्याजदर घटाएपछि बचत निरुत्साहित भएको राष्ट्र बैंकले जनाएको छ । गत १ वैशाखमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा ९ बैशाखमा ५४ खर्ब ५३ अर्बमा झरेको छ । कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको हो ।
यसैगरि, वाणिज्य बैंकको मात्रै निक्षेप पनि सात दिनको अवधिमा १६ अर्बले घटेको छ । वैशाख १ गते ४८ खर्ब २४ अर्ब रहेको कुल निक्षेप वैशाख ९ गते ४८ खर्ब ८ अर्बमा झरेको हो । ब्याजदर कम पाइने भएपछि बचत राख्न सर्वसाधारण र ठूला लगानीकर्तासमेत निरुत्साहित भएका हुन् ।
तर, ब्याजदर घटेपछि कर्जा प्रवाह बढ्ने अपेक्षाबीच समीक्षा अवधिमा कर्जा प्रवाह नकारात्मक बनेको छ । कुल कर्जा प्रवाह ४८ खर्ब ५१ अर्बबाट घटेर ४८ खर्ब ४४ अर्बमा झरेको छ । कुल कर्जा प्रवाह ७ अर्बले ऋणात्मक बनेको हो ।
वाणिज्य बैंकको कर्जा प्रवाह पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । वैशाख १ गते ४३ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकको कर्जा प्रवाह वैशाख ९ सम्म आइपुग्दा ४२ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । सीडी रेसियो ८५.१६ प्रतिशतबाट बढेर ८५.३८ प्रतिशतमा पुगेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।