logo
Friday, 13 June 2025, 7:31:57 pm

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

    535   पटक पढिएको


२४ चैत/अर्थ र व्यापार – सिद्धार्थ  बैंक लिमिटेडले ग्लोबल मनि विकको विषयवस्तुलाई सार्थक बनाउने उद्देश्यकासाथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।
जसमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश तीस हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो ।
सो प्रतियोगिताका विजेताहरुलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ्ग अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे ।
उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने कुरा पनि व्यक्त गरे । यसैगरि, बैंकले फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो ।
यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।