logo
Sunday, 8 June 2025, 6:31:35 pm

सेञ्चुरी कमर्सियल बैंकले डाक्यो १४ पुसमा साधारण सभा

    683   पटक पढिएको


२२ मंसिर/अर्थ र व्यापार– सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट प्रस्ताव गरेको लाभांश अनुमोदन र प्रभु बैंकसँग विलय प्रकृयामा जाने प्रमुख एजेण्डा राखेर साधारण सभा डाकेको हो ।
सेञ्चुरी बैंकले काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सेञ्चुरी बैंकले सोही साधारण सभा मार्फत चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने छ ।

हाल बैंकको चुक्ता पुँजी चुक्ता ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १५८ रुपैयाँ रहेको छ । जसअनुसार बैंकले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण प्रस्ताव पारित गर्नेछ ।

यसैगरि, सेञ्चुरी बैंक र प्रभु बैंक १ बराबर १ अनुपात (सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता) मा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गर्नेछ । सभाले सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजिशनमा जानका लागि मर्जर तथा प्राप्ती सम्बन्धमा भए गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने प्रस्ताव राखेको छ ।

सेञ्चुरी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज आगामी ३ पुससम्म नेप्सेमा कारोबार भई कायम सेञ्चुरी बैंकका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।