logo
Saturday, 14 June 2025, 9:42:51 pm

बिटक्वाइन सहितका भर्चुअल करेन्सीको कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

    726   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न चेतावनी दिएको छ ।
राष्ट्र बैंकले सूचना जारी गरेर देशभित्र र बाहिर बिटक्वाइन, क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतका कुनै पनि कारोबार गर्ने व्यक्ति र कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको हो।
देशभित्रका व्यक्ति तथा कम्पनी, विदेशी संस्था, देशबाहिर बसोबास गर्ने नेपाली, नेपालमा दर्ता भई विदेशमा रहेका फर्म, कम्पनी र संस्था यस्ता कारोबारमा संलग्न भएमा, प्रयोग, सदस्यता, स्वामित्व ग्रहण गरेमा वा माइनिङ, विप्रेषण गरेमा कानून अनुसार कारबाही गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकलले यसअघि नै विभिन्न मितिमा यस्ता कारोबार गैरकानूनी रहेको तथा अत्याधिक जोखिम भएकाले कारोबार नगर्न सचेत गराउँदै आएको थियो। यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी, ठगी, कर छली, पुँजी पलायन, सट्टेबाजीजस्ता जोखिम अन्तरनिहीत रहेको पनि जानकारि दिएको छ ।
नेपालमा बिटक्वाइनसहितका भर्चुअल करेन्सीले मुद्राको रूपमा कानूनी मान्यता पाएको छैन। यसमा केन्द्रीय ब्यांकले कुनै पनि सुरक्षण दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।