logo

नियमनको अभावमा पर्यटन क्षेत्रमा बढ्दो विकृति

हरि भक्त श्रेष्ठ / विश्लेषण

    3179   पटक पढिएको

हामी हाल प्रविधिको यूगमा छौ । प्रविधिको प्रयोगबाट संसार एउटा सानो डिभाईसमा आईसकेको छ । तर त्यसको उचित प्रयोग र निगरानीको अभावमा कुनै एक पक्षलाई बेफाईदा पनि गरेको छ । नेपाल आउने पर्यटकको प्याकेजको दर दिन प्रतिदिन घट्दो छ । भोलियन्टर प्याकेजले त ट्राभल्स,ट्रेकिङ र होटल व्यवसाय पुरै धरापमा परेको छ ।

सन् २००४ सम्म पर्यटन व्यवसायका ट्राभल्स तथा ट्रेकिङ क्षेत्रमा खासै चुनौति देखिएको थिएन तर भिजिट नेपाल २०११ को आसपासमा व्यवसायीहरुले धेरै पर्यटक आउँछ भन्ने बुझाईमा होटल खोल्ने होडबाजी नै चल्यो । अहिले आएर नाम चलेकै होटलहरु पनि समस्यामा छन । यहि होटलको काउन्टरबाट बस टिकट देखि हवाई टिकटसम्म बेच्नुका साथै हाईकिङ देखि आरोहणसम्म होटलका काउन्टरबाटै विक्रि गर्छन् । यस्तो अवस्थामा ट्राभल र ट्रेकिङमा पर्यटकहरु जाने अवस्था नै हुँदैन ।

विश्वको कुनै पनि देशमा यस्तो हुदैन तर यहाँ त खुल्लमखुल्ला यस्ता व्यवसाय मौलाईरहेका छन् तर त्यसको अनुगमन गर्ने निकायले कस्तो अनुगमन गरेका छन,  त्यसको नतिजा आज सम्म देखिएको छैन । पर्यटन मन्त्रालय अन्र्तगत रहेको अनुगमन विभागले नियमन ग¥यो जसले जे कामका लागी स्विकृति लएका हुन,त्यह काम गर्ने अवस्था आउनेछ ।

ईन्टरनेटको विकाश संगै “भोलेन्टियर प्याकेज” माफिया शैलीमा बेच्नेहरुले ट्राभल र होटललाई धरासायी पारे । ति भोलेन्टियर प्याकेज बच्नेहरु न करको दायरामा छन,न त कतै दर्ता नै गरेका छन् । त्यस्ता भोलेन्टियर प्याकेज बेच्नेलाई पनि कानुनी दायरामा ल्याउन सकियो भने पर्यटन क्षेत्रका ट्राभल्स, ट्रेकिङ र होटल व्यवसायको प्रवद्र्धन हुने थियो ।   

हाम्रो जस्तो गरिब मुलुकमा अन्य विकसित देशहरुमा भएका नियम कानुनको अपव्याख्या गरेर केही सिमित धनाढ्यहरुलाई मात्र यस्को प्रर्वद्धन र व्यवसाय गर्न अनुमति दिनको लागि अकुत धनराशी वा बैंक ग्यारेन्टि बनाउने नियम यदि राज्यले बनाउन खोज्छ भने सानो लगानीबाट राम्रो प्रतिफल दिने पर्यटन व्यवसाय पनि धनिमानीको पोल्टामा मात्र जाने त होईन भन्ने प्रश्न उठ्छ । सुरुका वर्षमा नेपालको पर्यटन क्षेत्रमा ठुला–ठुला धनाढ्य राजा महाराजा मात्र यस व्यवसायमा आवद्ध थिए । राज्यले कानुन बनाउँदा ईतिहास हेर्न जरुरी छ । निति नियम बनाँउदा साना व्यवसायीको पेटमा लात हान्ने गरि नियम बनाईनु हुँदैन, त्यसो गरिएमा पर्यटन व्यवसायबाट समृद्धि हाँसिल गर्ने कल्पना गर्न सकिन्न । 

सन् १९९० अघि सम्म पर्यटन व्यवसाय सिमित क्षेत्रमा फैलिएको थियो । प्रविधिको विकाशसंगै राज्यको विभिन्न क्षेत्रमा व्यापक रुपमा अघि बढीरहे जस्तो देखिए पनि उच्च प्रतिष्पर्धाले गर्दा ट्राभल र ट्रेकिङ व्यवसाय धरापमा परेको छ । यो अवस्था राज्यले सुधार गर्न सकेन भने ट्राभल्स र ट्रेकिङ व्यवसायीहरु भएका प्रमाणपत्र र लाईसेन्स बुझाउन पर्यटन मन्त्रालय जाने दिन आउन सक्छ । सन १९७० मा नै राज्यले नियम कानुन बनाई व्यवस्थित ढंगले अघि वढाएको नेपालको पर्यटन क्षेत्र २०१७ सम्म आँउदा मुस्किलले जम्मा दश लाख हाराहारी मात्र पर्यटक भित्राउन सफल भएको छ । हरेक वर्ष पर्यटन व्यवसायीहरुले पर्यटक बढ्ने आशामा र भिजन २०२० को मिसन पुरा गर्न होटल, लज, गेष्ठहाउस तथा होमस्टेहरु खोलिरहेका छन,त्यहि अनुसार  नेपाल आउने पर्यटकको संख्या नबढ्दा आगामी  दिन कष्ठपूर्ण हुने सहजै अनुमान गर्न सकिन्छ । त्यसको लक्षण अहिलेको सिजनवाटै देखिन थालेको छ ।

    नेपालमा पर्यटक भित्र्याउन प्रमुख भुमिका निर्वाह गर्ने नेपाल पर्यटन बोर्डको वार्षिक आम्दानी करीब १ अर्व २० करोडको हाराहारीमा रहेको देखिन्छ । पर्यटन बोर्डको मुख्य उद्देश्य नै विदेशमा प्रचार–प्रसार गरि बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने हुनुपर्नेमा त्यस उद्देश्य अनुरुप काम हुन सेकेको देखिँदैन । सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने घोषणाको कार्ययोजना प्रष्ट नआँउदा विदेशमा गएर गर्नुपर्ने बजारको प्रवद्र्धन र विस्तार पनि अन्यौलमा नै परेको देखिन्छ । अर्कोतिर पर्यटन बोर्डले गरेका खर्चको अनुपातमा पर्यटक भित्रियो कि भित्रिएन, त्यसको पनि बहस गर्न जरुरी देखिन्छ । निजी क्षेत्र र र राज्य पक्ष इमान्दार भई लाग्ने हो भने पर्यटन व्यवसायका माध्यमवाट नै देशको विकास र समृद्धिमा सम्भव छ ।

(लेखक पर्यटन व्यवसायि हुन । )
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।