logo

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्यो,एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

    858   पटक पढिएको

९मंसिर/अर्थ र व्यापार – कोरोनाको संक्रमणदर विस्तारै कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन । सो अवधीमा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
कात्तिक महिनामा व्यक्तिगत प्रक्रिया मार्फत विभिन्न देस जानकालागि १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधीमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृति मार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगत तर्फबाट कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । 
यो तथ्यांक अघिल्लो महिनाको भन्दा झन्डै डबल हो । अघिल्लो महिना गत असोजमा म्यानपावर कम्पनी मार्फत जम्मा २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारीकालागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ ।
विभागको प्रगति विवरण अनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीकालागि नेपाली कामदार पठाउन श्रम स्वीकृति निकालेका थिए । यसैगरि, अघिल्लो महिना गत असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको थियो । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको थियो । असोजमा कतार जाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ । 
यसैगरि, यूएई जाने नेपाली कामदारको संख्या पनि अघिल्लो महिनाको भन्दा केही बढेको छ । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधीमा मलेसियामा संस्थागत रूपमा एकजनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको विभागले जनाएको छ । 
विभागका अनुसार अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्वीकृति भएको छ । सो अवधीमा ओमान जाने कामदारको संख्या भने केही घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मौरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साईप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत एवं म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् । 
वैदेशिक रोजगारिमा जानेहरुको संख्यामा बृद्धि भएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई यात्रुहरुको चाप बढेर दैनिक २२ हजारले आवत–जावत गरिरहेका छन । जसका कारण कोरोना महामारीसँगै ठप्प भएको मुलुकको हवाई उडान व्यवसाय पनि विस्तारै फष्टाउन थालेको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी हवाई यात्रुहरुले आवत–जावत गरिरहेका छन । विमानस्थलका अनुसार हाल दैनिक २८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३७८ जना आन्तरिक र सातहजार ४४ जना अन्तर्राष्ट्रिय उडानबाट गरी २२ हजार ४२२ जनायात्रुहरु आवत–जावत हुने गरेको हो । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पछिल्लो तथ्यांक अनुसार हवाई सेवा लिने यात्रुहरुको संख्या दोव्वरले बृद्धि भएको जानकारी दिए । विमानस्थल कार्यालयका अनुसार हाल आन्तरिक वायूसेवाका लागि ९ वटा वायुसेवा कम्पनी र अन्तर्राष्ट्रियस्तरमा ३२ वटा वायुसेवा कम्पनीले काठमाडौंबाट विभिन्न गन्तब्यकालागि दैनिक उडान भर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।