logo

प्रवेग दोङको ‘मेरो मुटु दुखाउँने’ सार्वजनिक,उप्रेतीको अभिनयको प्रशंसा

   

१४ माघ / अर्थ र व्यापार- नवगायक तथा संगीतकार प्रवेग दोङको “मेरो मुटु” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेका गायक दोङको स्वरमा रहेको ‘मेरो मुटु दुखाउने तिम्रो चाह होला‘’ बोलको गीत अहिले युट्युवमा दर्शकहरुले रुचाईरहेका छन ।

गीतको शब्द लक्की लामाले लेखेका हुन भने संगीत स्वयं दोङले नै गरेका हुन् । युएईको विभिन्न भागहरुमा छायांकन गरेको उक्त गीतको भिडियोमा भने सफल युवा व्यवसायी ओम उप्रेती, मोडल रिया श्रेष्ठ र हास्यकलाकार इन्द्र सेन्चुरीको अभिनय रहेको छ । अभिनय आफ्नो पहिलो प्रयास भएपनि दर्शकहरुले आफ्नो अभिनय मन पराएका कारण आगामी दिनमा पनि अभिनय यात्रालाई व्यवसाय संगै अघि बढाउने उप्रेतिले वताए ।

भिडियोलाई राजेश लामाले निर्देशन र रोहित विक्रम कार्कीले छायांकन गरेका हुन् । युएईको सरकारको अनुमति लिएर तयार पारेको उक्त भिडियोमा युएईको विभिन्न ठाउँहरुको मनोरम दृश्य समाबेश गरिएको छ । समुन्द्र, जहाज लगायत महंगो मूल्यको गाडीहरु समेत यस भिडियोमा प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।