मंगलवार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य घटेको छ । मंगलबार प्रतितोला रू. ३ हजार ४०० ले घटेर रू. ९४ हजार ८०० पुगेको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर लगाएत डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा उच्च बृद्धी भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउन महिनायता मास्क, स्यानिटाइजर लगाएत डिसइन्फेक्सनरी सामग्री आयातका कारण मुलुकबाट १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको देखाएको हो ।
जलविद्युत क्षेत्र रुग्ण बन्दै गएपछि शेयरधनीहरू डुब्ने अवस्थामा पुगेको हाइड्रोपावरकै सञ्चालकहरू भन्न थालेका छन्।मंगलबार अपी पावर कम्पनीले माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले जलविद्युत व्यवसाय मर्ने अवस्थामा आएको बताए।