logo

सर्वसाधारणमा सेयर जारी गर्न अनुमति माग्दै:राधि जलविद्युत्

   

 ३१ जेठ / अर्थ र व्यापार- सर्वसाधरणको लागि जारी गर्न लागेको ७ लाख ६४ हजार कित्ता सेयरको निष्कासन अनुमती माग्दै राधि विद्युत् कम्पनी धितोपत्र बोर्ड पुगेको छ ।


 पहिलो चरणमा कम्पनीले स्थानीयको लागि सेयर जारी गरिसकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ ।
 कम्पनीले आइत्र्रापिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो ।

कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ ।
 ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।