logo

असार ५ गतेबाट एनबी इन्स्योरेन्सको हकप्रद

   

१८ जेठ / अर्थ र व्यापार-असार ५ गतेबाट १ बराबर १ अनुपातमा एनबी इन्स्योरेन्सको हकप्रद सेयर जारी हुने भएको छ ।

कम्पनीको १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयरमा जेठ ३ गतेसम्म सेयर स्वामित्व भएकाले लगानी गर्न पाउने छन् । साउन ९ गतेसम्म खुल्ने सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको कार्यालय र एनबी इन्स्योरेन्सका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीको हाल २७ करोड चुक्ता पुँजी रहेको हकप्रद निष्काशनपछि पुँजी ५४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले बीमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी १ अर्ब पुर्याउनुपर्ने हुन्छ । कम्पनीको सेयरलाई इक्रा रेटिङले ग्रेड फोर रेटिङ दिएको छ ।

यसले समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।