logo

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, सिप्रदीका ग्राहकलाई बैंकले सहुलियत कर्जा दिने

   

२९ पुस/अर्थ र व्यापार– हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र बिक्रम शाह र सिप्रदी ट्रेडिङ्ग कमर्शियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुप मणि ढकालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरी रहेका शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरुबाट टाटा मोटर्सका कमर्शियल गाडी किन्दा ७० प्रतिशत सम्म र प्यासेन्जर गाडी किन्दा ८० प्रतिशत ब्याजदरमा कर्जा प्रदान गरिनेछ ।

हालै मात्र टाटा मोटर्सले सिप्रदी ट्रेडिङ्गसंगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा ल्याएको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।