logo

ग्लोबल आइएमइ बैंकको अध्यक्षमा पुन: ढकाल निर्बाचित

   

२९ पुस/अर्थ र व्यापार– ग्लोबल आइएमइ बैंकको १४औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकाललाई पुन अध्यक्षमा निर्वाचित गरेको छ ।

अध्यक्ष निर्वाचित भएपछि ढकालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।

सभाले संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् । श्रेष्ठ अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक हुन् ।

सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल सञ्चालक समितिमा चयन भएका छन् ।

बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक बर्ष करपछि मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । अब बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।