logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा रामकृष्ण खतिवडा नियुक्त

   

२९ पुस/अर्थ र व्यापार– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडालाई नियुक्त गरेको छ ।

खतिवडाले यसअघि विद्युत नियमन आयोगका सदस्य र लगानी बोर्डको परामर्शदाताका रूपमा काम गरेका छन् । पेसाले चार्टर्ड एकाउन्टेन्ट खतिवडासँग एनआइबीएल एस क्यापिटलमा पनि काम गरेको अनुभव छ ।

इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराईलगायतले आवेदन दिएका थिए ।

यसअघिका प्रमुख कार्यकारी अनिल ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले नयाँ प्रमुख कार्यकारीको खोजी सुरु गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।