logo

कोरोना माहामारी र नेपाली अर्थतन्त्रको अबको वाटो 

टेक बहादुर कार्की 

   

एक बर्षदेखि विश्व महामारीको चपेटामा छ । मानिसका गतिबिधि न्युन छन्, मानिस महामारीको बन्धक छ । कोभिड–१९ को असर लाई सन् १८७३ मा युरोप अमेरिका हँुदै फ्रान्ससम्म फैलिएको आर्थिक मन्दीसँग दाजेर हेर्न सकिने अर्थ बिश्लेषकहरुको तर्क छ । १८७३–७७ को मन्दी १९२९ सम्म अमेरिकामा परेको थियो, त्यसलाई इतिहासमा ‘भयंकर संकट’ को संज्ञा दिइएको छ र त्यस संकटलाई जनरल मोटर कम्पनी र फोर्ड कार कम्पनीको स्थापनाले अमेरिकी अर्थतन्त्रलाई प्राण हालेका थिए । आजको अवस्था त्यो भन्दा भिन्न छ ।

सन् २०१९ को अन्त्यबाट शुरु भएको यस माहामारीले २१ औं शताब्दीको अत्याधुनिक बिज्ञान,प्रविधि,अर्थतन्त्र,उद्योग, व्यापार, समाज, राजनीति र बिकास निर्माणका योजनाहरु ध्वस्त प्रायः बनाएको छ । विश्व अर्थतन्त्रको खम्बा मानिएको अमेरिका पनि यस महामारीबाट निकै नराम्ररी प्रभावित भएको छ । यस बर्ष विश्वको आर्थिक बृद्धिदर ५.२ ले घट्ने प्रक्षेपण गरिएको छ । विश्व अर्थतन्त्र आन्तरिक उत्पादन तथा उपभोगको आधारमा ७ प्रतिशतले घट्ने छ । विश्वभरी प्रतिव्यक्ति आय ३.६ ले घट्ने छ ।  विश्व बैंकको प्रक्षेपण अनुसार २०२१ मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.२ मा सिमित हुनेछ । यी बिश्व बैंकका प्रक्षेपणहरु पनि स्थिर हुन नसक्ने र यसमा तल माथि हुने सम्भावनाहरु खुल्ला राखेको छ ।

यस बर्ष महामारी रोकथाम र उपचारमा पर्ने आर्थिक भारले गर्दा अमेरिकाको अर्थतन्त्र ६.१ प्रतिशतले खुम्चिने छ । त्यसैगरी विश्वको अर्को ठुलो अर्थतन्त्र  जापानी अर्थतन्त्र पनि यस महामारीकै कारण ६.१ ले घट्ने भविष्यवाणी विश्व बैंकले गरिसकेको छ । विभिन्न अध्ययनहरुले देखाए अनुसार पुर्वी एशिया तथा प्यासीफिकमा वृद्धिदर ०.५ प्रतिशत हुनेछ, जुन १९६७ पछिको अत्यन्त न्युन वृद्धि हो । युरोप तथा मध्य एशियाको वृद्धि पनि ४.७ ले खुम्चिने छ । ल्याटिन अमेरिका र क्यारेबियन देशहरुको हकमा पनि ७.२ ले घटेर जाने देखाइएको छ । अरेबिक तथा उत्तर अफ्रिकाको सन्दर्भमा पनि अध्ययनले देखाए अनुसार यस बर्ष आर्थिक बृद्धिदर ४.२ मा सिमित हुने छ । 

त्यसैगरी दक्षिण एशियाको आर्थिक बृद्धिदर २.७ मा सिमित हुने अध्ययनले देखाएको छ । अफ्रिकाको आर्थिक बृद्धिदर २.८ हुने अध्ययनले प्रस्तुत गरेको छ । यसरी समग्रमा हेर्दा महामारी पछिको अर्थव्यवस्था मुलतः भयावह नै देखिन्छ, तथापि यस्तो संकटमा आफ्नो देशको अर्थतन्त्र टिकाउन र जनताको संरक्षण गर्न सरकारले गर्ने काम र अवलम्बन गर्ने अल्पलकालिन तथा दिर्घकालिन निती तथा कार्यक्रमहरुको निकै ठुलो योगदान र महत्व हुन्छ । 

नेपाल जस्तो परनिर्भरताको उत्कर्षमा पुगेको राष्ट्रले यस्ता माहामारी पश्चात आफ्नो अर्थतन्त्र के–कसरी धान्ला त ? भन्ने प्रश्न आफैंमा निकै जटिल अनि अनिश्चित लाग्छ । विश्व बैंकले गरेको भविष्यवाणी अनुसार महामारी दौरान नेपालको आर्थिक वृद्धिदर ०.२ र २०२१ मा ०.६ मा सिमित रहने छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र प्रभावित हुन गएका कारण अर्थतन्त्र निकै कमजोर हुने सुचकहरु देखा परिसकेको अवस्था छ । अनौपचारिक व्यापार तथा सेवा क्षेत्रले नेपालको अर्थतन्त्रको ५० प्रतिशत हिस्सा धान्छ तर यस बर्ष यी क्षेत्रहरु प्रभावित हुन पुगेका कारणले नेपाली अर्थतन्त्र थलिन पुगेको छ । यो संकटको सामना गर्न र अर्थतन्त्रलाई टेवा पु¥याउँदै अगाडि बढ्नको निम्ति सरकारले मानव पुँँजी,सीप तथा उत्पादन मुलक क्षेत्रलाई प्रवद्र्धन गर्नु पर्ने आवश्यकता अपरिहार्य भएको छ । 

महामारीबाट औपचारिक र अनौपचारिक दुबै क्षेत्र प्रभावित हुन पुगेका कारण सरकारले नेपालको मौलिक तथा परम्परागत कृषि क्षेत्रलाई जोडतोडको साथ प्रवद्र्धन र बैज्ञानिकीकरण गर्दै अगाडि नबढे देशले ठुलो बिपदको सामना गर्नु पर्दछ । तर यस तर्फ सरकारको ध्यान जति जानु पर्ने गएको देखिदैन र केही अनुदान किसानमा पुगेपनि नेपालको कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती एवं भ्रष्टाचारको कारण पर्याप्त अनुदान पुग्न सकेकको छैन । त्यसबाहेक लक्षित अनुदान किसानसम्म पु¥याउन राजनीतिक लबीङ र कार्यकर्तामुखी अनुदान पुर्ण रुपमा निरुत्साहित गर्नु पर्दछ । 

महामारीको एक बर्ष सरकार किंकर्तब्यबिमुढताको अवस्था मै गुज्रेको देखिन्छ । बाली रोप्ने समयमा किसानले मल,बिउ नपाउने समस्या झेल्नु पर्दा जमीनको निकै ठुलो हिस्सा बाँझो रहन गएको देखिन्छ । अहिलेको महासंकटलाई छल्न र थलिएको अर्थतन्त्र घिसारेरै भएपनि अगाडि बढाउन कृषिमा अधिकाधिक लगानी बढाउनु पर्छ । 

नेपाली अर्थतन्त्रमा ३० प्रतिशत योगदान बिप्रेषणको छ तर अन्तर्राष्ट्रिय रोजगार बजार प्रभावित हुन पुग्दा नेपालको अर्थतन्त्रलाई निकै ठुलो धक्का लागेको छ । लाखौं युवाहरु रोजगार गुमाएर स्वदेश फर्किसकेको अवस्था छ भने बिदेशमै रहेकाहरुको पनि काम गर्ने समय कटौति भएका कारण बिगतको जस्तो तलब कमाउन र स्वदेश पठाउन सकिरहेका छैनन् । नेपालको लागि रोजगारीको मुख्य बजार मध्यपुर्व र मलेसिया पनि यस महामारीबाट पिडित हुँदा हाम्रो श्रम बजार निकै खुम्चेको छ । युरोप, अष्ट्रेलिया तथा अमेरिकाबाट न्युन रुपमा मात्र बिप्रेषण प्राप्त हुने गर्दछ । त्यसैले अहिलेको हाम्रो एकमात्र अचुक रणनीति भनेको आन्तरिक उत्पादन बढाउने, त्यसैलाई प्रवद्र्धन गर्ने, आन्तरिक उत्पादनकै उपभोग बढाउने र आयातलाई सकेसम्म घटाउने नीति नलिए देश बैदेशिक ऋणमा चुर्लुम्म डुब्ने अवस्था छ । सरकार साधारण खर्च चलाउन पनि बैदेशिक ऋणको भर परेको अवस्थालाई हेर्दा देश भयावह दलदलमा फसेको छ । 

अहिले राष्ट्रिय पुँजीपति बर्गले आफ्नो लगानीलाई कृषिमा केन्द्रीकृत गर्नुको बिकल्प छैन । यदि पुरानै शैलीको आयात व्यापारमा मात्र निर्भर रहने रणनीति अपनाएमा त्यो पुर्ण रुपमा प्रत्युत्पादक हुनेछ । कृषि उपजका प्रशोधन तथा आन्तरिक  उपभोग बढाउन प्रविधि तथा प्रवर्तनको पुर्ण प्रयोग सहित देशको खातिरमा काम गर्न सकेमात्र देश चल्न सजिलो हुनेछ । तर बिडम्वनापुर्ण कुरा के छ भने, हाम्रो सरकार राष्ट्रिय पुँजी निर्माण र परिचालनप्रति उदासिन छ । 

विश्व अर्थतन्त्रमा परेको प्रभावलाई बुझ्न  १८७०–२०२१ सम्म गरिएका १८३ अर्थतन्त्रहरुको अध्ययनको रिपोर्ट अनुसार संसारभरि यस महामारी पश्चात कमजोर अर्थतन्त्र भएका मुलुकहरुमा स्वास्थ्य तथा अर्थतन्त्रमा निकै ठुलो असर पर्ने देखिन्छ । बिकासोन्मुख राष्ट्रहरुमा यसका कारण अकाल मृत्यु तथा अनिकाल जस्ता प्रकोपले धेरै ठुलो जनधनको क्षति हुने सम्भावना छ । यसबाट प्रत्यक्ष रुपमा असर पर्ने उत्पादनका क्षेत्रहरु कमजोर हुन गई मानिसका स्वास्थ्य तथा पोषण जस्ता अत्यावश्यक कुराहरुको मुल्य बृद्धि हुने र मानिसको आम्दानी घट्ने हुनाले पोषण अभावका कारण करोडौं मानिसहरु प्रभावित हुने छन । 

लगानी तथा मानव पुँजीमा आउने ह्रासका कारण बिकास तथा मानिसका दैनिकी लगायत शिक्षा तथा बालबालिकाको स्वास्थ्य र सुरक्षामा बिकराल चुनौतिहरु थपिँदै जाने छन । यस महामारीको प्रकोपले कमजोर अर्थतन्त्र, अस्थीर राजनीतिक अवस्था र बिकासोन्मुख देशहरुका शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र राजनीतिक, सामाजिक आधारहरु मुलतः तहसनहस बनाइदिएको छ । यो संकटको कारण कयौं देशहरुमा राजनीतिक ऊथलपुथल हुने तर्फ पनि विज्ञहरुले संकेत गरेका छन । 

विश्व बजारमा रोजगारी कटौति हुन गएका कारण बिकासोन्मुख देशका जनशक्तिहरु बेरोजगारीका चपेटामा परेका छन । दक्षिण एशियाका अधिकांश देशहरु विश्व बजारको रोजगारी कटौतिको कारणले निकै ठुलो आर्थिक संकटमा परेका छन । 

यस महामारीसँगै स्वास्थ्य जोखिम बढेर जानुले मानिस कामबाट बञ्चित त हुन्छ नै त्यस अलावा स्वास्थ्य खर्च पनि बढेर गएको छ । कोरोना संक्रमित स्वास्थ्य संकटासन्न अवस्थामा अस्पताल भर्ना हुँदा निकै ठुलो आर्थिक भार थपिन जान्छ । मानिसहरु ढुक्कले काममा जान सकेका छैनन् र अधिकांश संघ–संस्था,प्रतिष्ठान, उद्योग, कलकारखाना,बिद्यालय, कलेज, मल, होटल, रेष्टुरेन्ट र बजारहरु ठप्प भएका कारण आर्थिक गतिबिधिहरु न्युन छन । 

अबका बाँकी दिनहरुमा आर्थिक मात्र होइन, मानवीय, सामाजिक, राजनीतिक तथा सांस्कृतिक संकटहरु गहिरिदैं जाने निश्चित छ र यस महासंकटबाट उम्किन बिश्वले मौलिक अर्थतन्त्रको बिकास गर्दै परनिर्भरता कम गर्नु आवश्यक देखिन्छ ।  

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।